काठमाडौं । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर नियन्त्रित भई दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । लु३त ५११२ नंको ट्रयाक्टर अन्दाजी ५०-६० मिटर तल खस्दा ट्रयाक्टरका सहचालक कालीगण्डकी -२ अर्बेनीका ५५ वर्षीय देवबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते भएका विकको उपचारका क्रममा गल्याङ् नगर अस्पताल स्याङ्जामा मृत्यु भएको हो । दुर्घटनापछि चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया