बालाजुमा एक युवक मृत फेला 

लोकपथ
168
Shares

काठमाडौं । काठमाडौंको बालाजुमा गए राति एक युवक मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-१६ बाइपासस्थित प्राइम बैंकको पार्किङमा अन्दाजी २५ वर्षीय युवक मृत अवस्थामा फेला परेका हुन् । 

अहिलेसम्म मृतकको सनाखत भने भएको छैन । मृतकको साथबाट राहदानी भेटिएको प्रहरीले जनाएको छ । सोही आधारमा उनको आफन्तहरू खोज्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?