काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले अहिले संविधान संशोधनको बहस हुन छोडेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
शनिबार साँझ जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेस र नेकपा एमालेले सरकार बताउँदा ताका सात बुँदे सहमतिमा संविधान संशोधनको बुँदा राखेपनि अहिले छलफल नै हुन छोडेको उनको गुनासो थियो । उनले संविधान संशोधनको मुद्दालाई नेपाली कांग्रेसले बढी चासोका साथ अघि बढाइरहेको बताए ।
नेता निधीले संविधान संशोधनको लागि दुई तिहाई आवश्यक रहेको भएपनि कानून निर्माण र संशोधनका लागि बहुमत भए पुग्ने बताए ।
उनले भने, ‘अहिले संविधान संशोधनको बहस नै भइरहेको छैन । नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा सात बुँदे जुन सहमति भयो, सत्ता गठबन्धनको लागि संविधान संशोधन गर्ने भनेर राखियो । त्यो कारणले अलिकति बढी चहलपहल ल्याएको छ । यो सेन्सेसनलाई क्यापिटलाइज नेपाली कांग्रेसले गरेको छ । संविधान संशोधनको लागि दुई तिहाई चाहिन्छ । कानुन निर्माण र कानुन संशोधनको लागि दुई तिहाई चाहिँदैन । संसदमा बहुमत भए पुग्छ ।’
नेता निधीले संविधान संशोधन र कानून निर्माण पनि उत्तिकै आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया