काठमाडौं । क्यानडाले पनि अमेरिकाबाट आयात हुने वस्तुमा कर लगाउने भएको छ । शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिकोसहित केही देशमा कर लगाउने घोषणा गरेसँगै क्यानडाले पनि आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको हो ।
क्यानडाका कार्यवाहक प्रधानमन्त्री जस्टिन टुडोले ट्रम्पलाई प्रतिउत्तर दिँदै १५५ अर्ब बराबरको अमेरिकी आयातमा २५ प्रतिशत ट्यारिफल लगाउने घोषणा गरेका हुन् ।
त्यसो त यसअघि राष्ट्रपति ट्रम्पले क्यानडा, मेक्सिकोबाट आयात हुने वस्तुमा २५ प्रतिशत र चीनबाट आयात हुने वस्तुमा १० प्रतिशतले ट्यारिफ लगाउने घोषणा गरेका थिए । त्यसो त क्यानडाबाट आयात हुने प्राकृतिक ग्याँस र बिजुलीसहित उर्जामा भने १० प्रतिशत मात्र ट्यारिफ लगाउने निर्णय अमेरिकाले गरेको छ ।
क्यानडाका प्रधानमन्त्री टुडोले ट्रम्पको निर्णयलाई चुनौती दिँदै भनेका छन्, ‘हामी यस्तो चाहँदैनथ्यौं । ट्यारिफले केही वर्ष अगाडि भएको मुक्त व्यापार सम्झौताको उल्लंघन गर्दछ । तर यसको सामना गर्न क्यानडा तयार छ ।
’त्यसो त अमेरिका र क्यानडा सबैभन्दा ठूलो व्यापारिक साझेदार हुन् । तर ट्रम्पको घोषणापछि क्यानडाको प्रतिक्रियाले त्यसबाट व्यापारमा पर्ने असरबारे चासोका साथ हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया