सिमसार क्षेत्रको संरक्षणका लागि सरकार प्रतिबद्ध छ : वनमन्त्री ठकुरी 

लोकपथ
21
Shares

काठमाडौं । सरकारले ‘भविष्यका लागि सिमसार संरक्षण’ भन्ने नाराका साथ आइतबार विश्व सिमसार दिवस मनाएको छ । 

सिमसार क्षेत्रको संरक्षणका लागि जनचेतना बढाउन तथा संरक्षण र प्रवर्द्धन गर्नको लागि वन तथा वातावरण मन्त्रालयले एक समारोहका बीच सिमसार दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सिमसार क्षेत्र पारिस्थिति प्रणालीको हिसाबले महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन् । उनले नेपालका सयौँ तालतलैयाहरु सिमसार र रामसार क्षेत्रमा पर्ने भएकाले तिनको संरक्षण र प्रवर्द्धन गर्न जरुरी रहेको बताए । 

उनले सिमसार क्षेत्रको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेकोसमेत बताए । उनले सिमसार क्षेत्रको संरक्षण्मा समयमै ध्यान पुर्‍याउन नसके भविष्यमा ठूलो समस्या सिर्जना हुने बताए । उनले सिमसार क्षेत्रको संरक्षणका लागि सबैले सहकार्य गर्दै अगाडि बढ्न जरुरी रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?