लमजुङको रेस्टुरेन्टमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

लोकपथ
91
Shares

लमजुङ । जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले  पक्राउ गरेको छ । 

बेसीशहर नगरपालिका–८ सेराचोकस्थित सन्जु गुरुङको रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–११ बस्ने ४१ वर्षीय अजित बस्नेत समेत ६ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १२ हजार ६ सय २० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?