शेयर बजारमा उछाल, झण्डै १३ अर्बको कारोबार

लोकपथ
56
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज दोहोरो अंकको वृद्धि भएको छ ।

शेयर बजारमा आज ६९ दशमलव ८० अंकको बढोत्तरी भएको नेप्सेले जनाएको छ । त्यस्तै आज कारोबार रकम पनि उल्लेख्य वृद्धि भएको छ । आज कुल २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर १२ अर्ब ९५ करोड, ५७ लाख ६४ हजार १ सय ३६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज कारोबारमा आएकोमध्ये २०२ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै ३७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा ३ वटा कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन आएको छैन ।

कारोबारमा आएकामध्ये उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त विद्यीय संस्था, अभियान लघुवित्त विद्यीय संस्था लिमिटेड तथा विजय लघुवित्त वित्तीय संस्था लगायतका कम्पनीका लगानीकर्ताहरुले धेरै मुनाफा कमाएका छन् ।

त्यस्तै सामुदायिक लघुवित्त वित्तीय संस्था, १० प्रतिशत केबीएल डिबेन्चर, सप्तकोशी विकास बैंक लिमिटेड, सेन्चुरी डिबेन्चर लगायतका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?