१२ गाउँका मानिसहरुको कपाल एकैपटक झरेपछि…

लोकपथ
609
Shares

काठमाडौं । भारतको एक जिल्लामा अनपेक्षित रुपमा कपाल झर्ने समस्याले गाउँनै हैरानीमा परेको घटना बाहिरिएको छ ।

महाराष्ट्र राज्यको बुलढाणा जिल्लाका १२ वटा गाउँका मानिसहरुमा आम रुपमा कपाल झर्ने समस्या देखिएको हो ।

ती गाउँहरुमा जनवरी २०२५ को एक महिनाको अवधिमा मात्रै एकैपटक २ सय भन्दा बढी मानिसहरुको कपाल झरेको हो ।

कपाल झर्नेको सूचीमा ४ वर्षीय बालक समेत रहेको भन्दै गाउँलेहरुले स्वास्थ्य अधिकारीहरुलाई जानकारी गराएका छन् ।

टाउकोबाट एकाएक सबै कपाल झरेपछि केही मानिस अति चिन्तित बनेका छन् । त्यस्तै केही भारतीय स्वास्थ्य अधिकारीहरुलाई यसका कारणहरु अनुसन्धान गर्न अनुरोध समेत गरेका छन् । शेगावँ तालुवास्थित पहुरजिरा गाउँका एक व्यक्तिको गत ०२४ डिसेम्बर ३१ बाट कपाल झर्न सुरु भएको थियो । उनले सुरुमा हजामकहाँ गएर पूरै कपाल खैरिए केही समयपछि उनको कपाल बढ्न थाल्यो त पुनः पुरै कपाल झर्यो । उनले कपाल झर्नुअघि आफ्नो टाउको एकदमै चिलाउने गरेको चिकित्सकहरुसँग बताएका छन् ।

भारतको वैकल्पिक चिकित्सासम्बन्धी मन्त्रालय ‘आयुष’ ले लक्ष्यण देखिएका बिरामीहरुलाई होमियोप्याथिक औषधिहरु उपलब्ध गराउँदै आइरहेको छ । भने कपाल झर्ने समस्याको सम्भावित कारण पत्ता लगाउन सरकार, विज्ञ र इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएआर) अनुसन्धान समेत सुरु गरिसकेको छ ।

नयाँ दिल्ली, भोपाल, चेन्नाई तथा पुनेमा पुगेर आईसीएमआरका वैज्ञानिकहरुले प्रभावित गाउँमा पुगेर कपाल झरेका मानिसहरुको कपाल, नङ, रगत, पिसाब तथा स्थानीय पानीको स्रोत संकलन गरेका छन् । साथै ती नमुनाहरुलाई अकोलास्थित सरकारी मेडिकल कजेलले विष्लेशण गरेको थियो ।

त्यसो उक्त कलेजकी डीन डा. मिनाक्षी गज्बिएले बायोप्सी र रगतको परीक्षण हेर्दा यो फंगल संक्रमणले भएको होइन भन्ने संकेत गरेको बताएकी छन् । साथै उनले त्यसलाई कुनै विशेष रोग भनेर बर्गिकरण गर्न नमिल्ने समेत दाबी गरेकी छन् ।

त्यसो त यो समस्यापछि केही प्रभावित गाउँका समस्यामा रहेकाहरुलाई भेदभाव समेत हुने गरेको छ । साथै त्यहाँ विवाह समेत रद्ध गरिएका छन् । कपाल झरेकाहरुलाई सामाजिक क्रियाकलापदेखि सार्वजनिक स्थानहरुमा समेत बहिस्कार गरिएको छ । केही विद्यार्थीहरुले विद्यालय र कलेजमा आफूहरुलाई जिस्काइएको भन्दै गुनासो गरेका छन् । कपाल झर्नेमा महिला पुरुष तथा सबै उमेर समूहका मानिसहरु रहेका छन् ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?