भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु बराबर हो : अध्यक्ष लिङ्देन

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा(माओवादी केन्द्र) बाट देश बन्छ भनेर पर्खिन नहुने बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले तिनै पार्टी र नेतृत्वमा रहेकाहरुबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु देश बर्बाद पार्ने काममा सहभागी हुनु भएको टिप्पणी गरे । 

उनले मुलुक करिब साढे तीन दशकदेखि काँग्रेस, एमाले र माओवादीको वरिपरि घुमिरहेको भए पनि मुलुकको विकास हुन नसकेको बताए । उनले राप्रपा एउटा पार्टी मात्र नभई देश र धर्म बचाउने अभियान भएको उल्लेख गर्दै देश बनाउने र देश बचाउने अभियानमा सहभागी हुन सबैमा अपिल समेत गरे । उनले आफूले राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको बताउँदै जुनसुकै मन्दिर जान तयार रहेको बताए । 

उनले आफूले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु बराबर हो भनेर राजनीति गरिरहेको उल्लेख गर्दै उक्त कुरा राप्रपाको सिद्धान्तको रूपमा स्थापित भइसकेको दाबी गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?