शरिरको आधा भाग जलेको अवस्थामा बाघ मृत अवस्थामा फेला

लोकपथ
455
Shares
सांकेतिक तस्वीर

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–५ स्थित किसान मध्यवर्ती सामुदायिक वनमा आज पाटेबाघ मृत फेला परेको छ ।

सडेगलेको अवस्थामा बाघ फेला परेको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार मृत भेटिएको भाले बाघ करिब १३ वर्ष उमेरको रहेको छ । ‘अनुसन्धान गर्दा बाघ बुढो भएकाले प्राकृतिक कारणले मरेको पाइएको छ,’ उनले भने ।

खरमा आगो लाग्दा बाघको शरिरको आधा भाग जलेको उनले बताए । झाडीमा बाघ मृत देखेपछि वन हेरालुले मध्यवर्ती समितिलाई जानकारी गराएको थियो । समितिले निकुञ्जलाई त्यसबारे खबर गरेको सूचना अधिकारी वाग्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?