काठमाडौं । संसदीय सुनुवाइ समितिबाट न्याय परिषद्को सदस्यमा सिफारिस भएका दामोदर खड्काको नाम सर्वसम्मतिले अनुमोदन भएको छ ।
आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायपरिषद्को सदस्यमा सिफारिस खड्काले पेस गरेको अनुभव तथा कार्ययोजना सुनेपछि अनुमोदन गर्ने निर्णय गरेको हो ।
वरिष्ठ अधिवक्ता समेत रहेका खड्कालाई न्याय परिषद्को सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।
संसदीय सुनुवाइबाट उनको नाम अनुमोदन भएसँगै अब नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।
गत माघ ३ गते बसेको बैठकले खड्काविरुद्ध उजुरी आह्वान भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया