काठमाडौं । सर्वोच्च अदालतले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्ष नियुक्त भएका ओमप्रकाश बरालका पद खारेज गरिदिएको छ ।
आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नृपध्वज निरौलाको संयुक्त इजलासले बराललाई सीटीईभीटीको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयमा अंकुश लगाएको हो । सर्वोच्चको आदेशसँगै बरालको पद खारेज भएको छ । गत मंसिर ६ गतेको निर्णय अनुसार बराल सीटीईभीटीको उपाध्यक्ष नियुक्त भएका थिए ।
तर उनको योग्यता नपुगेको भन्दै सर्वोच्चले सरकारको निर्णय खारेज गरिदिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया