काठमाडौँ, १८ कात्तिक – रेट्रोफिटिङ गरेर जोगाउन सकिने बागदबार भत्काउने काठमाडौं महानगरपालिकाको निर्णयको सर्वत्र आलोचना भएको छ । अमरसिंह थापाकालीन यो दबार मास्नुको साटो जोगाएर यहाँ पर्यटकीय गन्तव्य बनाउन सम्पदाप्रेमी, संस्कृतिविद् लगायतले आग्रह गरेका छन् , कान्तिपुरमा खबर छ‘बागदबार मात्रै होइन, कुनै पनि राणाकालीन दरबार मास्न पाइदैन । मास्नै लागेको सिंहदरबार समेत हामीले जोगायौं,’ सम्पदा अभियन्ता रविन्द्र पुरिले भने, ‘बागदबार भत्काउनु पर्ने कुनै कारण छैन । यसलाई सवलीकरण गरेर जोगाउनु पर्छ ।’ बागदरमा भन्दा कैंयो गुणा जीर्ण घर समेत मर्मत गरेर आकर्षक बनाएको पुरीले बताए । ‘हामीले सवलीकरण गरेर राम्रा बनाएका घरका नमुना हामी महानगरलाई देखाइदिन सक्छौं,’ पुरीले भने, ‘हामीले जोगाएका भवन देखेर महानगरलाई पनि संरक्षण गर्नु पर्छ भन्ने भाव जागोस् । इतिहास, सम्पदा, संस्कृति जोगाउने हो, मास्ने होइन ।’महानगरमा विद्यासुन्दर शाक्य मेयर हुनासाथ बागदरबार भत्काउने अभिव्यक्ति दिंदै आएका थिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया