रोयल इनफिल्डको जनकपुरदेखि सिन्धुलीसम्म ‘महाराइड’

लोकपथ
84
Shares

जनकपुर । नेपालमा ‘बुलेट बाइक’ का नामले परिचित रोयल इनफिल्डले विशेष उत्सवको रूपमा हालै ‘रोयल इनफिल्ड महाराइड’ सम्पन्न गरेको छ ।

जनकपुरस्थित रोयल इनफिल्ड शोरुमबाट सुरु भएको यो यात्रा सिन्धुलीसम्म पुर्याइएको थियो । यस राइडको मुख्य उद्देश्य सडक सुरक्षा, आन्तरिक पर्यटन प्रवद्र्धन, अनुशासित राईड, भातृत्व विकास र रोयल इनफिल्ड समुदायलाई सुदृढ बनाउने रहेको कम्पनीले जनाएको छ ।

जनकपुरबाट सुरु भएको यो यात्रा बर्दिबासमा छोटो विश्राम गर्दै थप राइडरहरूलाई समेट्ने गरी योजनाबद्ध गरिएको थियो । बर्दिबासस्थित रोयल इनफिल्ड शोरुममा थप १० जना राइडरहरू सहभागी भएपछि राइड अझ भव्य एंवम् विशाल हुन पुगेको थियो । थप राईडरहरू सहभागी भएपछि राइड संख्या ६१ भएको थियो ।

कार्यक्रमको औपचारिक उद्धाटन प्रमुख अतिथि मधेश प्रदेश यातायात मन्त्रालयका सचिव रन्जित यादव ले गरेका थिए ।

साथै कार्यक्रमको झण्डोत्तोलन अल्फा अटोमोटिभका निर्देशक मेघराज पैडेल, नेशनल कार्ट हेड दिपेश श्रेष्ठ र नारायणी मोटर्सका निर्देशक अभिषेक गोयन्काद्वारा गरिएको थियो । सो अवसरमा बोल्दै मन्त्रालयका सचिव यादवसहित अन्य अतिथिहरुले सुरक्षित राइडिङ संस्कृति र यस्तो कार्यक्रमले दिने सकारात्मक प्रभावबारे चर्चा गरेका थिए ।

रोड क्याप्टेन बिमल श्रेष्ठको नेतृत्वमा सम्पूर्ण राइडरहरूले अनुशासित रूपमा यात्रालाई अगाडि बढाएको कम्पनीले जनाएको छ ।

‘घुमौ मधेश, बुझौँ मधेश’ भन्ने मुल नारालाई सफल बनाउन सहयोग पुर्याउने उदेश्यले रोयल इनफिल्डले महाराइडको सुरु गरेको थियो ।

त्यस्तै सडक सुरक्षा प्रोत्साहन गर्दै अनुशासित समूहिक राइडिङद्वारा उदाहरण प्रस्तुत गरिएको साथै राइडर समुदाय बलियो बनाउने प्रयास गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?