काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई अप्टिक आइज चाबहिलबाट सेवा लिँदा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।
जसअनुसार कुमारी बैंकका ग्राहकहरुलाई अप्टिक आइजमा चेकजाँचदेखि उपकरणहरु खरिदसम्म विशेष छुटको व्यवस्था गरिएको छ ।
यस सम्झौता बमोजिम अप्टिक आइजबाट प्रदान गरिँदै आएका सेवाहरुमा ग्राहकहरूलाई फ्रेम र सनग्लासहरुमा १५ प्रतिशत, आँखा जाँचको ओपीडी टिकटमा १० प्रतिशत, ब्रान्डेड फ्रेममा १० प्रतिशत, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, पे्रस्क्रिप्शन लेन्स, प्रोग्रेसिभ लेन्स, कन्ट्याक्ट लेन्स सोलुसनमा ५ प्रतिशत छुट र चश्माको सामान्य मर्मत तथा परामर्श नि स्शुल्क गरिने सम्बन्धमा सम्झौता भएको हो ।
देशभर बैंकको ३०२ शाखा, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया