घुससहित पक्राउ परेका कपिलवस्तु अदालतका २ जना कर्मचारी भ्रष्टाचारी ठहर

लोकपथ
133
Shares
तस्वीरःगूगल

काठमाडौं । सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे विशेष अदालतबाट दोषी ठहर भएका छन् ।

विशेष अदालतले मिश्रलाई दुई महिना र पाण्डेयलाई एक महिनाको कैद सजाय भएको छ । अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनीहरुले घुस मागेको र लिएको ठहर गरेको हो ।

उनीहरुले लिएको २० हजार रुपैयाँ बरामद भएको, घुस मागेको भिडियो र अडियोसमेत मुद्दाका साथमा पेस भएको भन्दै विशेष अदालतले उनीहरुलाई १०/१० हजार रुपैयाँका दरले जरिवाना गर्ने आदेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?