गायिका एलिना चौहान र विष्णु सापकोटाको सम्बन्धविच्छेद मुद्दा टुंगियो

लोकपथ
763
Shares

काठमाडौं । गायिका एलिना चौहान र विष्णु सापकोटाबीच कानुनीरुपमा सम्बन्धविच्छेद भएको छ । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंमा  न्यायाधीश मोना सिंहको इजलासले छिनोफानो गरेको हो ।

अदालतमा विष्णु सापकोटाका बुबा वारेसको रूपमा उपस्थित भएका थिए । माघ दोस्रो साता चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । उनले काठमाडौँ जिल्ला अदालतमा वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेकी थिइन् । 

एलिनाले श्रीमानसँग अंश र मानाचामलको दाबी गरेकी छैनन् । त्यही भएर डिभोर्स प्रक्रिया छिटो भएको हो । हाल अस्ट्रेलियामा बस्दै आएका विष्णुले वारेसमार्फत डिभोर्सको मुद्दा लडेका थिए । एलिना र विष्णुबीच गत ०८१ साल वैशाखमा विवाह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?