निजी क्षेत्रको लगानी सुरक्षा गर्नको लागि सरकार प्रतिबद्ध छ : वनमन्त्री ठकुरी 

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले निजी क्षेत्रको लगानी सुरक्षा गर्नको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

बुधबार काठमाडौंबाट डिजिटल माध्यमद्वारा मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका ९ मुर्माटपमा एक्पर्ट ग्रुप र रारा होल्डिङ्स प्रालिले निर्माण गर्न लागेको रारा रिसोर्ट शिलान्यास गर्दै मन्त्री ठकुरीले यस्तो बताएका हुन् ।

उनले सरकारले निजी क्षेत्रको प्रोत्साहन र लगानी सुरक्षा गर्नको लागि योजना बनाइरहेको बताए । उनले निजी व्यवसायलाई बढावा दिनको लागि सरकारले अध्यादेश ल्याएको दाबी गरे ।

उनले लगानीकर्ताको लगानी सुरक्षा गर्नको लागि अध्यादेशबाट बन्ने कानुनले ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले कर्णालीको क्षेत्रको समस्या समाधान गर्न समेत सरकार लागिपरेको बताए ।

उनले कर्णाली राजमार्ग र कर्णाली कोरिडोर पिच गर्नको लागि अगामि आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने आश्वासन दिए । उनले रारा क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नको लागि ताल्चा विमानस्थलको सुधार गरिने समेत बताए । 

उनले नेपालका अन्य पर्यटकीय क्षेत्रहरूमा समेत निजी लगानीको आवश्यकता रहेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न लगानीकर्ताहरूमा आह्वान गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?