काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवरणमन्त्री बलराम अधिकारीले अध्यादेशको बारेमा अध्ययन गरेर मात्रै बोल्न चेतावनी दिएका छन् । बुधबार नेपाल निजामती कर्मचारी संगठनको १२औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भूमि सम्बन्धी अहिले विभिन्न भ्रम फैल्याइएको बताए । उनले बुझ्दै नबुझी, हेर्दै नहेरी अध्यादेशलाई खण्डन गर्ने काम भएको भन्दै आपत्ति जनाए। उनले पहिला अध्यादेशमा के छ भन्नेकुरा पढ्न र बाहिर बोल्न नेता र कानूनविद्हरुलाई आग्रह गरे । अध्यादेशले कुनै हानी नगर्ने भन्दै अध्यादेशको बारेमा बहस गर्न पनि आफू तयार रहेको बताए । अध्यादेशहरू संसदबाट पारित हुने पनि दाबी गरे।
मन्त्री अधिकारीले सहकारीप्रति गलत भाष्य सिर्जना गरिएको बताए । उनले सहकारीले राज्यका समस्या हल गर्ने र जनताको जीविकोपार्जनको सुनिश्चितता गर्दछ र आर्थिक समृद्धितर्फ जान र रोजीरोटी बिस्तार गर्न सहकारीले काम गरेको छ भनेर प्रचार गर्न जरुरी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया