अध्यादेशहरू फेल हुने वा पास हुने स्थिति बनिसकेको छैन : सञ्चारमन्त्री गुरुङ

लोकपथ
98
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले संसदबाट अध्यादेश पास गर्नको लागि सरकारले राजनीतिक दलहरुबीच सहमति जुटाउने काम गरिरहेको बताएका छन् ।

बुधबार मन्त्रालयमा मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा टेबुल भएका अध्यादेशहरू पारित गर्नको लागि सहमतिको प्रयास भइरहेको बताएका हुन् ।

उनले सरकार अध्यादेशहरूलाई राष्ट्रिय सहमतिको आधारमा पास गर्न चाहिरहेको बताए । उनले अध्यादेशका बारेमा छलफल र सहमतिको प्रयास जारी रहेको उल्लेख गर्दै निष्क्रिय हुने वा पारित हुने भन्ने परिस्थिति बनी नसकेको बताए ।

उनले संघीय संसद्का दुवै सदनबाट बहुमतले पास हुने स्थिति बनेपछि मात्रै अध्यादेशको छलफल अगाडि बढ्ने उनको भनाइ छ ।उनले प्रतिनिधि सभामा दर्ता भएको सामाजिक सञ्जालसम्बन्धी विधेयक सरकारले फिर्ता नलिने बताए ।

विधेयकका सम्बन्धमा आवश्यक निर्णय र संशोधन संसद्ले नै गर्ने भएको कारण फिर्ता लिने कुरा नभएको उनको भनाइ छ  । उनले सामाजिक सञ्जालको नियमन जरुरी रहेको समेत बताए ।

उनले सबै टेलिभिजन र रेडियाहरूलाई कानुन लाग्ने अनलाइहरुलाई नलाग्ने हो ? भन्दै प्रश्न समेत गरे । अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालको नियमन जरुरी भएको कारण सरकारले विधेयक ल्याएको उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?