काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्ने सपना नदेख्न आग्रह गरेका छन् । उनले अध्यक्ष नेपालले प्रधानमन्त्री हुन्छु भनेर कसैको मन भतभती पोलेको छ भन्ने अभिव्यक्ति दिएको भन्दै यस्तो सपना हिँड्दै देखेको की बस्दै गर्दा देखेको भन्दै प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘आशा पनि कस्तो हुँदो रहेछ । एक जना नेताले भनेका । म प्रधानमन्त्री हुन्छु भनेर कसै कसैको मन भतभती पोलेको छ । धिक्कार होस् तिनीहरूलाई । एक जनाले भाषण गरेका । ती प्रधानमन्त्री हुने सपना कहाँ देखे, कहिले देखे, कसरी देखे ? हिँड्दा हिँड्दै देखे कि, बसेका ठाउँमा देखे की सुतेको बेलामा देखे की ? यति ढुक्कले भने म प्रधानमन्त्री हुँदैछु भनेर कसैको मन भतभती पोलेको छ । त्यस्तो लाग्छ क्या कहिले कहिले मान्छेहरूमा ।’
अहिले सरकारले कानुनी र संरचनागत रूपमा विकासका योजनाहरू अघि बढाइरहेको उनको भनाइ छ । नेकपा एमाले घेराबन्दीमा रहेको भएपनि ढुक्क भएर जनताको काम गर्न ओलीले आग्रह गरे । २०८३ सालको असारमा आफूले राजीनामा गरेपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए । प्रधानमन्त्री ओलीले कर्मचारीले जनताको काम गर्नुपर्ने भन्दै पार्टीको काम गर्न कार्यकर्ता रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया