काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत मध्यान्ह १२ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठकमा सिडको आधारभूत सिफारिस नं। ३९ सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह साढे १२ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया