काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सहभागीहरुको सेल्फी लिएर ‘ह्यासट्याग फोटो नेपाल’ (#photonepal) को उद्घाटन गरेका छन् ।
सन् २०१६ मा सुरु गरिएको ‘ह्यासट्याग फोटो नेपाल’ पुनः सुरु भइ नवीन बरालको ‘कर्णाली नदीः तीन देशका तस्बिरहरु’ प्रदर्शन प्रस्तुत गर्दैछ ।
आजबाट सुरु भएको ‘ह्यासट्याग फोटो नेपाल’ आगामी फागुन ३ गते शनिबारसम्म चल्नेछ । बिहान १० बजेबाट साँझ ५ बजेसम्म नेपाल पर्यटन बोर्डको कार्यालयमा फोटो प्रदर्शनी चल्नेछ ।
प्रदर्शनीमा १ हजार ८० किलोमिटरको अद्भुत यात्रा कैद गर्दै कर्णाली नदीको पारिस्थितिक र सांस्कृतिक महत्व उजागर गर्दैछ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपाललाई फोटोग्राफीमार्फत् प्रवर्द्धन गर्ने ‘ह्यासट्याग फोटो नेपाल’ को भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । आजसहित ३ दिनसम्म चल्ने प्रदर्शनीमा नेपालका नदीहरु तथा परिदृष्यहरुको सौन्दर्य अनुभव गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया