प्रमोदहरिको शब्दमा विश्वप्रकाशले ल्याए प्रेमिल गीत ‘मन यतै कतै’ (भिडियोसहित)

लोकपथ
273
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रदेश दिवस ‘भ्यालेन्टाइन्स डे’ को अवसरमा नयाँ गीत ‘मन त्यतै कतै’ ल्याएका छन् ।

पूर्ण रुपमा प्रेमभाव समेटिएको गीतमा प्रमोदहरी गुरागाईँको शब्द, शर्माको संगीत, प्रमोद खरेलको स्वर रहेको छ भने मनोहर सुनामको संगीत संयोजन छ ।

गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा आकाश श्रेष्ठ र प्रियाना आचार्य फिचर्ड छन् । गत वैशाख अन्त्यमा रेकर्ड भएको हो ।

नेता शर्मा राजनीति सँगसँगै गीत संगीतमा समेत रुची राख्छन् ।

बिहीबार विश्वप्रकाश नामक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतले टिकटक र रिल्समा समेत आफ्नो प्रभुत्व जमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?