सियोल । दक्षिण कोरियाको दक्षिणी बन्दरगाह सहर बुसानमा शुक्रबार भएको आगलागीमा चार जनाको मृत्यु भएको र अन्य चार जना घाइते भएको राष्ट्रिय दमकल निकायले जनाएको छ ।
बन्यान ट्री होटेलको निर्माण स्थलमा बिहान ११ः०० बजे (२०० जिएमटी) अघि आगलागी सुरु भएको अधिकारीहरूले बताए । स्थानीय सञ्चारमाध्यमका अनुसार घटनास्थलमा करिब १० जना कामदार थिए ।
कामदारहरूले इन्सुलेसन सामग्रीहरू भण्डारण गरेको निर्माणस्थलको पहिलो तल्लामा आगलागी सुरु भएको विश्वास गरिएको दमकल विभागले पत्रकारहरूलाई बताएको छ ।
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले सम्बन्धित मन्त्रालयहरूलाई ‘आगो निभाउनका लागि सबै उपलब्ध कर्मचारी र उपकरणहरू पूर्ण रूपमा परिचालन गर्न’ आदेश दिएको वित्त मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया