दक्षिण पश्चिम पाकिस्तानमा बम विस्फोट : ११ जनाको मृत्यु, ६ जना घाइते

लोकपथ
350
Shares

काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हरनाई जिल्लामा एक सवारीसाधन लक्षित बम विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । साथै ६ जना घाइते भएको भएका छन् ।

सञ्चार माध्यमका अनुसार हरनाईको शाहराग क्षेत्रमा मजदुर बोकेको गाडीमा सडक छेउमा भएको बम विस्फोटमा ११ जनाको मृत्यु र ६ जना घाइते भएका छन् । 

प्रहरी, सुरक्षा बल र उद्धार टोली घटनास्थल पुगेर शव र घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ । एक जोडीको अवस्था गम्भीर छ ।

उपायुक्तलेसडकको छेउमा राखिएको विस्फोटक पदार्थलाई रिमोट कन्ट्रोल उपकरणबाट विस्फोट गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?