दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे

लोकपथ
812
Shares

काठमाडौं । दक्षिण कोरियाको दक्षिण पूर्वी बन्दरगाह शहर बुसानमा शुक्रबार एक निर्माण स्थलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।साथै सात जना घाइते भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

राजधानी सियोलबाट लगभग ३२५ किलोमिटर दक्षिणपूर्वमा रहेको बुसानमा रहेको एक होटेल निर्माण स्थलमा आगलागी भएको थियो ।

निर्माण स्थलमा रहेका करिब १०० कामदारहरूलाई बाहिर निकालिएको थियो भने छतमा भागेका १४ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

सञ्चार माध्यमका अनुसार पहिलो तल्लामा रहेको स्विमिङ पुल नजिकै इन्सुलेशन सामग्री लोड गरिएको कारणले आगलागी सुरु भएको हो । अग्नि नियन्त्रण अधिकारीहरूले १२७ दमकल इन्जिन र ३५२ दमकलकर्मीहरूलाई घटनास्थलमा पठाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?