इजरायलले पनि प्यालेस्टिनी कैदीहरू रिहा गर्‍यो

लोकपथ
784
Shares

गाजा । हमासले तीन बन्धकहरूलाई रिहा गरेको केही समयपछि इजरायलले पनि केही प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ।

इजरायल–हमास युद्धविराम सम्झौताको चिन्ताका बिच शनिबार रिहा गरिएका कैदीहरूलाई बोकेर रेडक्रसको बस रामल्लाह आइपुगेको हो।

रामल्लाहमा धेरै कैदीहरूका आफन्त र सर्वसाधारण उपस्थित थिए । यस समयमा मानिसहरू एक अर्कालाई अँगालो हालेर उत्सव मनाए।हमासले आजै अलेक्ज्याण्डर ट्रोफानोभ, येर हर्न र सागुई डेकेलचेनेलाई रिहा गरेको छ।

हालै, हमासले इजरायलमाथि युद्धविराम सम्झौताका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको थियो र यसले बन्धकहरूलाई रिहा गर्नबाट रोकिरहेको बताएको थियो।हमासको बयानमा इजरायलले यो युद्धविराम सम्झौताको पूर्ण उल्लङ्घन भएको बताएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?