काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य एकैपटक तोलामा २ हजार ७ सयले गिरावट आएको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य १ लाख ७० हजार २ सय रहेको थियो । आज मूल्य गिरावट आइ १ लाख ६७ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । शुक्रबार चाँदीको मल्य तोलामा १ हजार ९ सय ७० रहेकोमा आज मूल्य गिरावट आइ १ हजार ९ सय ५५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया