सशस्त्रमा को को बन्दैछन् डीआईजी ? आजै बढुवा सिफारिस समितिको बैठक बस्ने सम्भावना

डीआईजी बढुवामा ओली सरकार र गृहसचिव दुवाडीको अग्निपरीक्षा 

लोकपथ
10.1k
Shares

काठमाडौं । गृह मन्त्रालय, बढुवा समितिको सचिवालयले शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल, नेपालमा रिक्त नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि आवेदकको हकमा तीन दिनको समय दिएर निकालेको सूचनाको मिति आज आइतबार सकिँदै छ । आज साँझ ५ बजेसम्म आवेदकले आवेदन दिन सक्ने छन् । 

समाचार स्रोतका अनुसार, साँझ ५ बजे कार्यालय समयभित्र प्राप्त भएको आवेदनलाई लिएर आजै बढुवा समितिको बैठक बस्ने भएको छ । विगतमा पनि सूचना सकिएको अन्तिम दिन नै बढुवा समिति बैठक बसेर सिफारिस गरिएको नजिर रहेकाले आजै बैठक बस्ने सम्भावना प्रबल छ । कथम् आज बस्न नसकेको अवस्थामा भोलि सोमबार बढुवा समितिको बैठक बसेर डीआईजीको रिक्त तीन पदमा नाम सिफारिस गर्ने छ । 

सशस्त्र प्रहरीमा सिसम १ सशस्त्र प्रहरी निरीक्षक टोलीका ९ जनामध्ये पाँच जना डीआईजी भइसकेका छन् । बाँकी चार जनामध्ये मनिष थापा र कृष्ण ढकाल मुख्य दाबेदार छन् । उनीहरू मात्रै होइन, नेपाल प्रहरीबाट स्थानान्तरण भई आएका उनीहरू भन्दा सिनियर कृष्णराज पाठक पनि बढुवाका दाबेदार हुन् । पाठक तिनै सशस्त्र प्रहरी अधिकृत हुन्, जो डीआईजीको दुई पटकको बढुवामा छुटिसकेका छन् । झापा घर भएका पाठकलाई यो पटकको बढुवामा छुटाउन नहुने मत पछिल्ला दिनमा बढिरहेको छ । 

सशस्त्र प्रहरी निरीक्षक बेसिकमा ७४ नम्बरमा रहेका दीपेन्द्र कुँवर (ख) लाई बढुवा गर्न लागिएको चर्चाले अहिले सिंगो संगठन नै तरंगित बन्न पुगेको छ । यद्यपि, उनको विगत, कार्यदक्षता, कार्यशैली राम्रो छैन । 

उता, सिसम १ का दुई जना दाबेदारपछि नेपाल प्रहरीबाट स्थानान्तरण भई आएका प्रवीण कँडेल मुख्य दाबेदार हुन् । उनीपछि मात्रै सशस्त्र प्रहरी निरीक्षक सिसम २ टोलीका एसएसपीहरू रहेका छन् । 

सशस्त्र प्रहरी निरीक्षक बेसिकमा ७४ नम्बरमा रहेका दीपेन्द्र कुँवर (ख) लाई बढुवा गर्न लागिएको चर्चाले अहिले सिंगो संगठन नै तरंगित बन्न पुगेको छ । यद्यपि, उनको विगत, कार्यदक्षता, कार्यशैली राम्रो छैन ।

सत्ता र शक्तिको आडमा एसएसपी बढुवामा सो ब्याचकै पहिलो नम्बरमा उनलाई बढुवा गरिएको थियो । अहिले कुँवरभन्दा सिनियर चार जना एसएसपी छन् । तर अहिले यिनै कुँवरलाई बढुवा गर्न सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखकले बढुवा सिफारिस समितिलाई चर्को दबाब दिइरहेको स्रोतको दाबी छ । कुँवर पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाइँ हुन् । भानु देउवा प्रधानमन्त्री देउवाका भतिजा हुन् ।

समाचार स्रोतका अनुसार, तीन ब्याचमुनिका कुँवरले अहिले आफू सिफारिसमा पर्न भरमग्दुर प्रयास गरिरहेका छन् । अहिले डीआईजीमा बढुवा हुन पाए पछि आईजीपी नै हुनसक्ने भएकाले उनले यो प्रयास गरेका हुन् । अहिले उनीभन्दा वरिष्ठलाई पन्छाएर र उनको ब्याचबाट उनी मात्रैलाई बढुवा गरेको खण्डमा सशस्त्र प्रहरी मुख्यालयमा ‘कम्पन’ आउने निश्चित छ । उनलाई बढुवा गर्दा सिसम २ का दर्जनौँ अधिकृतको भावना र संगठनप्रतिको माया र विश्वासमा कमी आउने छ ।

बढुवा सिफारिस समितिमा गृहसचिव र सशस्त्र प्रहरी महानिरीक्षक सदस्य र मानवस्रोत विभागका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सदस्यसचिव रहने व्यवस्था छ । 

सर्वप्रथम बढुवा समिति पदाधिकारीहरूको बारेमा चर्चा गरौँ :

संगठनमा राम्रो काम गरेको, लोभलालच नराखेको भनेर चर्चामा आएका आईजीपी हुन् राजु अर्याल । बढुवा समितिका सदस्य रहेका आईजीपी अर्यालले डीआईजी बढुवा सिफारिसमा कस्तो अडान लेलान् ? यो सबैको चासोको विषय बनेको छ । सिसम २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका सबै जना अधिकृतहरूले डीआईजी बढुवा सिफारिस समितिमा लिने अडानले उनको वास्तविक अभिभावकत्वको मूल्यांकन हुने बताएका छन् । तर अधिकांश अधिकृतहरू अन्तिममा उनी पनि कुँवरकै पक्षमा उभिए अचम्म मान्न नहुने पनि बताउँछन् । उनीहरूको प्रश्न छ ? कुँवरजस्तो कार्यक्षमतामा कमजोर व्यक्तिलाई किन तीन तीन वर्ष प्रबन्ध महाशाखाजस्तो जिम्मेवार ठाउँमा राखियो ? कुँवरकै कार्यकालमा आगलागी हुँदा उनैलाई ठेक्कापट्टा र खरिदसम्बन्धी काम गर्ने प्रबन्ध महाशाखाको जिम्मेवारीमा किन यथावत् राखेर प्रमाण लुकाउने मौका दिइयो ? प्रबन्ध महाशाखामा सरुवा गरिएका एसएसपी सुधिरजंग थापालाई किन त्यही दिन मातातीर्थस्थित प्रशिक्षण प्रतिष्ठानमा काजमा सरुवा गरियो ? लेखा उपसमूहका एसपी राजेन्द्र श्रेष्ठलाई लेखा उपसमूहको एसपीको दरबन्दी नै नभएको भण्डार महाशाखामा किन जिम्मेवारी दिएर पठाइयो ? के कुँवरकै डिजाइनमा यी काम भएका हुन् भने आईजीपी अर्याल किन मौन बसे ? किन उनले आईजीपीको अधिकार प्रयोग गर्न सकेनन् ? आगलागी प्रकरणमा दुई जना सिनियर एआईजी हुँदाहुँदै आईजीपी अर्यालले किन तेस्रो नम्बरका एआईजी वंशीराज दाहाललाई आन्तरिक छानबिन समितिको अध्यक्ष बनाए ? एआईजी दाहाल र कुँवरको निकट सम्बन्ध (स्वार्थपूर्ण सम्बन्ध) बारे जानकारी हुँदाहुँदै कुँवरलाई बचाउनकै लागि दाहालको अध्यक्षतामा समिति गठन गरिएको भनेर किन नभन्ने ? यी र यस्ता धेरै प्रश्न आईजीपी अर्यालमाथि तेर्सिएका छन् । समयक्रममा यी प्रश्नहरूको जवाफ उनले दिनै पर्ने छ । 

बढुवा समितिका सदस्य–सचिव एआईजी वंशीराज दाहाल बलम्बुस्थित नं ९ बाहिनीको बाहिनीपति रहिसकेका व्यक्ति हुन् । उनी बलम्बुस्थित भण्डार वेयर हाउस आगलागी छानबिन आन्तरिक समितिका अध्यक्षसमेत हुन् । जो आफू नीलबाराही गण, बलम्बुको गणपति हुँदा महिला प्रहरी कर्मचारीलाई दुर्व्यवहार गरेर छानबिनमा परी तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षकको कृपाबाट क्षमा दान पाएका व्यक्ति हुन् । सो बाहिनीको बाहिनीपति हुँदा २०७८ सालमा कोभिड भ्याक्सिनको समयमा एपीएफ अस्पतालमा सुरक्षा सहायता गर्नुपर्नेमा उल्टो बाहिनीको आन्तरिक ड्युटीसमेत फितलो पारेर आलोचित व्यक्ति हुन् ।

सो बाहिनीको बाहिनीपति हुँदा अधिकांश समय कान्तिपथस्थित बाघभैरव गुल्ममै बिताएका उनीमाथि आगलागी छानबिन समितिको अध्यक्ष भएपछि छानबिनको दायरामा ल्याइनु पर्ने प्रबन्ध महाशाखाका एसएसपी कुँवरलाई आफू आईजीपी बन्ने प्रलोभनमा परी उनीमाथि कुनै छानबिन नै नगरेको आरोप लाग्दै आएको छ । एसएसपी कुँवरको आईजीपी बनाइदिने आश्वासनमा मक्ख दाहालले भण्डारका कर्मचारी र उद्धारमा खटिएका बाहिनीका कर्मचारीलाई कारबाहीको डन्डा बर्साए । तर आर्थिक रकम/कलममा संलग्न कुँवरहरूलाई छानबिनको दायरामै नल्याई उन्मुक्ति दिने काम गरेका थिए । बढुवा सिफारिस समितिको सदस्य सचिव भएको नाताले उनी यसबाट कुँवरको पक्षमा उभिनेमा कुनै शंका छैन । 

एसएसपी बढुवामा त झन् कारबाही परेका बाहेक २०५६ सालको प्रहरी निरीक्षक  समूहका छुटेका र २०५८ सालकालाई मात्र दिइएको थियो । के अब त्यो थिति सशस्त्रमा पनि कायम रहन्छ ? कि कुनै शंकाको घेरामा भएको जुनियर पात्रलाई डीआईजी बनाउन तोडिने हो त भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।

अब सही परीक्षण त ओली सरकार र गृहसचिव गोकर्णमणि दुवाडीको हुने छ । नेपाल प्रहरीको डीआईजी बढुवामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र रवि लामिछाने गृहमन्त्री हुँदा तल माथि गरेको आरोप लागेको थियो । केपी शर्मा ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्री भएपछि पछिल्ला दुवै डीआईजी बढुवा सिनियरिटीका आधारमा  गरिएको थियो । एसएसपी बढुवामा त झन् कारबाही परेका बाहेक २०५६ सालको प्रहरी निरीक्षक  समूहका छुटेका र २०५८ सालकालाई मात्र दिइएको थियो । के अब त्यो थिति सशस्त्रमा पनि कायम रहन्छ ? कि कुनै शंकाको घेरामा भएको जुनियर पात्रलाई डीआईजी बनाउन तोडिने हो त भन्ने गम्भीर प्रश्न उब्जिएको छ । त्यसैले पनि बढुवा समिति अध्यक्ष, निजामती प्रशासक गृह सचिवको प्रशासनिक निष्पक्षता नै यो बढुवामा महत्त्वपूर्ण हुनेछ ।

के फेरि पनि एसएसपीमा २ वर्ष सिनियर कृष्ण पाठक र इन्स्पेक्टर दर्जादेखि एसएसपीसम्म सिनियर प्रवीण कँडेललाई छुटाएर छानबिनको दायराबाट जोगाइएका विवादास्पद पात्र, जसले चोर बाटोबाट नेपाली सेनाको स्टाफ कलेज गरेका थिए, उनै कुँवरलाई अहिले नै किन डीआईजी बनाउनु पर्‍यो ? गम्भीर प्रश्न उठेको छ ।   

स्मरण रहोस् नेपाली सेनाको स्टाफ कलेज तालिममा एसएसपी विष्णु भट्ट जस्ता अधिकृत पनि सहभागी थिए जो हालसम्मका सहभागी सशस्त्र अधिकृतमध्ये व्यक्तिगत शोधपत्रमा प्रथम भएर पुरस्कृत हुने एक मात्र अधिकृत हुन् । जसको शान्ति समारोहमा सेनाका वरिष्ठ अधिकृतहरूले मुक्तकण्ठले प्रशंसा गरेको प्रसंग तत्कालीन आईजीपी कोषराज वन्तले वरिष्ठ अधिकृत बैठकमा समेत भनेका थिए । यिनै भट्ट सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिममा ‘राउन्ड फस्ट’ हुनुका साथै डीएसपी, एसपी, कायममुकायम एसएसपीसम्म १ नम्बरमै रहेता पनि राजनीतिक दबाबले २ नम्बरमा पुर्‍याइएका थिए ।

यो पनि

यी हुन् प्रबन्ध महाशाखामा बसेर ‘ज्वाइँ’ ले गरेका कर्तुत : ब्याचीलाई लखेट्नेदेखि आईजीको प्रलोभनसम्म 

सशस्त्र प्रहरीमा ‘ज्वाइँ’ को जहिले पनि रजगज

प्राविधिक पृष्ठभूमिका डीआईजी प्रधानलाई नयाँ दरबन्दी नै थपेर एआईजी बनाउन चलखेल

प्रहरी विधेयकमा गृहमन्त्री लेखकको मनमौजी, सुझाव बेवास्ता गरिएको भन्दै दुवै संगठनमा असन्तुष्टि

सशस्त्रको वार्षिकोत्सवको मुखैमा मधेस प्रदेशका बाहिनीपति डीआईजी धौबजीमाथि मुख्यालयको ‘एक्सन’

सशस्त्रमा चार डीआईजीको म्याद थप्ने र रोक्ने खेलमा कसले मार्ला बाजी ?

सशस्त्रका एसपी डाँगीले बाँकेमा केसम्म गरेनन् ?

डीआईजी नै ठगिए, डिजेल मिसिएको पेट्रोल पनि जानाजानी बिक्री
स्पष्टीकरणका लागि प्रधान कार्यालय बोलाइएका सशस्त्रका एसपीहरुलाई यो शर्तमा जान दिइयो कार्यक्षेत्र

सशस्त्रमा ‘यूएन मिसन उत्कृष्ट कर्मचारी छनौट’मा चरम बदमासी

ओली सरकारले यसरी बढायो सशस्त्रमा गैरव्यवसायिक खिचातानी

डीआईजी धौबजीको अर्काे कर्तुत : भारतीय समकक्षीसँगको बैठकको खर्चसमेत गणपतिहरुबाट असुली

प्रधानको अवकाशसँगै सशस्त्रमा डीआईजीको तीन पद रिक्त, ‘ज्वाइँ’ लाई क–कसको डर ? 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?