प्रधानमन्त्री ओली नपुग्दा लुम्बिनी प्रदेश सभाको बैठकमा ढिलाइ

लोकपथ
476
Shares
प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । सोमबार लुम्बिनी प्रदेश सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

प्रदेश सभाको पाचौँ अधिवेशनको ११औँ बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहे पनि अझैसम्म बैठक सुरु हुन सकेको छैन ।

बिहान ११ः३० बजेका लागि बैठक बोलाइएको थियो । तर अझैसम्म बैठक बस्न सकेको छैन । प्रधानमन्त्री ओली प्रदेश सभामा नपुग्दा बैठक सुरु हुन नसकेको हो ।

आज ओलीले विशेष सम्बोधन गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?