काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छेकै कारण पृथ्वीको इकोसिस्टम बनेको बताएका छन् ।
सोमबार लुम्बिनी प्रदेश सभा बैठकलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मान्छे र प्रकृति एवं पृथ्वीको सम्बन्धबारे प्रकाश पारे ।
लुम्बिनी प्रदेशबाट पूर्व जोड्ने सडक बनजंगल र निकुञ्जको कारणले रोकिएको भन्दै मान्छे नभइ इकोसिस्टमको कुनै काम नहुने समेत बताए ।
‘यो देशलाई बनै बन बनाइदियो भने त यो देशको इकोसिस्टम मज्जाको हुन्छ होला । मान्छे बिनाको इकोसिस्टमको यो धर्तीमा केही काम छैन । मान्छे छैन भने पृथ्वीको केही अर्थ हुँदैन । कुनै सुन्दरतालाई कसले बुझ्छ ? विकासलाई कसले बुझ्छ ? पक्की बाटा कसलाई चाहिएको छ ? हवाई मैदान कसलाई चाहिएको छ ? अस्पताल कसलाई चाहिएको छ ? कसले गएर सुई लाइदिन्छ ? कसले औषधि बनाइदिन्छ ? मान्छे छैन भने विद्यालय, विश्वविद्यालय महाविद्यालय किन चाहिए ? मान्छे छैन भने भवनहरुको के काम ? सभा हलको के काम ? भैँसीहरुले कहिल्यै सभा गर्दैनन्, गाईहरुले पनि सभा गर्दैनन्, बाख्राहरुले पनि सभा गर्दैैनन् । मान्छेलाई चाहिने हो भने तर मान्छे छैनन् भने त्यी सबै के काम ? मान्छे छैन भने ब्रमाण्डको काम छैन,’ प्रधानमन्त्री ओलीले भने ।
त्यस्तै प्रदेश सभालाई विशेष सम्बोधन गर्दै लुम्बिनी प्रदेशका धार्मिक तथा एतिहासिक स्थलबारे समेत चर्चा गरे । प्रधानमन्त्री ओलीले प्रदेशले छोटो समयमा नै विकास निर्माणको कामलाई तिव्रता दिएको प्रति खुसी व्यक्ति गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया