सूर्यविनायक मिसन हस्पिटलमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट हुने

लोकपथ
42
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र भक्तपुरको सूर्यविनायक मिसन हस्पिटल प्रालिबीच सम्झौता भएको छ ।

बैंक र अस्पतालबीच बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

जसअनुसार सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्रयोगशाला परीक्षण, एक्स–रे, यूसिजी तथा ओपीडी टिकटमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट हुनेछ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?