क्यानडाको टोरन्टोमा विमान पल्टियो, ३ जना गम्भीर घाइते

लोकपथ
1k
Shares

एजेन्सी । क्यानडाको टोरन्टो विमानस्थलमा विमान पल्टिदा ३ जना घाइते भएका छन् । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् ।  

उक्त विमान बाक्लो हिउँ जमेका कारण रनवेको किनारमा पल्टिएको हो ।  

उक्त विमानमा ८० यात्रु सवार रहेका थिए । सबै जनाको उद्धार गरिएको छ । जसमध्ये १८ जनालाई अस्पताल पुर्‍याइएको छ। एक बालकसहित तीन जनालाई गम्भीर चोट लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?