सरकार जवाफदेही भएन : सांसद बस्नेत

लोकपथ
140
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले सरकार जवाफदेही नबनेको आरोप लगाएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले सरकारका मन्त्रीहरूले संसदको रोष्ट्रमलाई राष्ट्रसेवकहरुका बारेमा तथानाम बोल्नका लागि प्रयोग गरेको आरोप लगाए । उनले प्रतिपक्षले खबरदारी गर्नेकुरा स्वभाविक रहेको भन्दै सरकारले प्रतिप्रश्न गर्नेकुरा शोभनीय नहुने बताए ।

ठेक्काहरुमा सेटिङ हुने गरेको भन्दै सरकारको जवाफ माग गरे । सांसद बस्नेतले अहिले सरकारलाई प्रश्न गर्दा प्रतिप्रश्न गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?