ओडिसा घटनामा प्रभावित  विद्यार्थीको भौतिक एवं शैक्षिक सुरक्षाको प्रत्याभूति खोज्न सरकारको ध्यानाकर्षण

लोकपथ
217
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले ओडिसा घटनामा प्रभावित नेपाली विद्यार्थीको भौतिक एवं शैक्षिक सुरक्षाको प्रत्याभूति खोज्न सरकारको ध्यानाकर्षण गराएका छन्  । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ओडिसा राज्य ओडिसास्थित केआईआईटी विश्वविद्यालय भुवनेश्वरमा भएको घटनाको समाधानका लागि नेपालको परराष्ट्र संयन्त्र ढिला परिचालन भएको समेत आरोप लगाएका हुन् ।

उनले सोमबार संसद खुल्ने बित्तिकै परराष्ट्र संयन्त्रलाई झकझक्याउन पाएको भए विद्यार्थीको बिच्चली हुने स्थिति सिर्जना हुन नपाउने उल्लेख गर्दै यस्ता विषयमा संसद अझै गम्भीर बन्न जरुरी रहेको बताए । 

उनले विज्ञप्ति जारी गर्दैमा सरोकारवाला निकायको जिम्मेवारी पूरा नहुने उल्लेख गर्दै न्याय र क्षतिपूर्तिका लागि कुटनीतिक पहल गर्न समेत सरकारसँग माग गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?