काठमाडौं । काठमाडौंको हात्तीसारमा कार्यालय रहेको रुप्से होलिडेजले १ लाख ५० हजार रुपैयाँमै जापानको भ्रमण गराउने भएको छ । रुप्सेले दुई तर्फी हवाई टिकट, थ्री स्टार होटेलमा कोठासहित अन्य खर्च गरी जम्मा १ लाख ५० हजार रुपैयाँमै जापानको भ्रमण गराउने भएको हो ।
रुप्सेले सार्वजनिक गरेको प्याकेजमा काठमाडौंदेखि जापानको टोकियोसम्मको दुई तर्फी हवाई भाडा, त्यहाँको थ्री स्टार होटेलमा ४ रातको ब्रेकफास्टसहितको बास, टोकियोको सिटी टुर, माउन्ट फुजीको भ्रमण, टोकियोको स्काई ट्रीको भ्रमण तथा आसी लेकको भ्रमण लगायतका सुविधा उपलब्ध हुनेछन् । त्यसबाहेक एयरपोर्टबाट होटेल र होटेलबाट एयरपोर्टसम्मको यातायातको खर्च र त्यसमा लाग्ने सबै ट्याक्सहरू समावेश गरिएको छ ।

आगामी मार्च, अप्रिल र मे सिजनका लागि रुप्सेले हवाई टिकटकै मूल्यमा जापानको आकर्षक प्याकेज ल्याएको हो । हाल नेपाल एयरलाइन्स लगायत अन्य एयरलाइन्सबाट जापानको टोकियो जानका लागि दुई तर्फी हवाई भाडा मात्रै करिब १ लाख ४५ हजार रुपैयाँको छ । तर रुप्से होलिडेजले एक लाख पचास हजार रुपैयाँमै जापान टुरको सस्तो प्याकेज सार्वजनिक गरेको हो ।
यस्तो छ, रुप्सेले एक लाख ५० हजारमै ल्याएको जापान टुरको तालिका
पहिलो दिन : नारिता विमानस्थलमा अवतरण, टोकियोको होटेलमा बास
भ्रमणको पहिलो दिन काठमाडौंबाट जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी त्यहाँबाट टोकियोको होटेलमा लगिनेछ । जापान पुगेको समयका आधारमा उक्त दिन आफूखुसी घुमघाम गर्ने वा नगर्ने भन्ने निधो हुनेछ । पहिलो दिन टोकियोको रेस्टुरेन्टमा स्थानीय खानाको मजा लिन सकिनेछ ।

दोस्रो दिन : माउन्ट फुजी र आसी तालको भ्रमण
जापान भ्रमणको दोस्रो दिन बिहान होटेलमा ब्रेकफास्ट गरी जापानकै सुन्दर टापु माउन्ट फुजीको दृश्यावलोकनका लागि लगिनेछ । टोकियो नजिकै रहेको हाकोने भन्ने स्थानमा रहेको माउन्ट फुजी र आसी तालको दिनभर भ्रमण गरी साँझ होटेलमा फर्किनेछ । त्यसपछि आफ्नो इच्छा अनुसार साँझको खानपान र घुमघाम गर्न सकिनेछ ।

तेस्रो दिन : विश्वकै अग्लो टावरसहित टोकियोको सिटी टुर
जापान भ्रमणको तेस्रो दिन विश्वकै अग्लो जापानको टावर अर्थात् स्काई ट्रीको भ्रमण हुनेछ । ६३४ मिटर अग्लो टावर अर्थात् स्काई ट्री विश्वकै अग्लो टावरसमेत हो । त्यसबाहेक टोकियोको प्रसिद्ध सेन्सो जी मन्दिर, मेइजी सिरिन र पर्यटकीय नगरी बुस्टलिन स्ट्रिटको भ्रमणसमेत गराइनेछ । दिनभर घुमेपछि साँझ होटेलमा बास हुनेछ ।

चौथो दिन : फ्री डे
जापान भ्रमणको चौथो दिन फ्री डे को दिन रहनेछ । उक्त दिन आफूलाई मन लागेको ठाउँमा जान वा सपिङ गर्न सकिनेछ । त्यहाँको जिन्जा भन्ने स्थान सपिङका लागि प्रख्यात स्थान हो भने अकिहवारा इलेक्ट्रोनिक्स सामानका लागि प्रख्यात स्थान हो ।
यदि तपाईँ मार्चको अन्तिमदेखि अप्रिलको तेस्रो सातासम्म जापान र टोकियोको भ्रमण गर्नुहुन्छ भने त्यस समयमा साकुरा फुलको सुन्दर दृश्य समेत देख्न सक्नुहुनेछ ।

टोकियो साकुरा फुलको लागि प्रख्यात स्थान हो र चैत वैशाखको समयमा त्यस स्थानमा साकुरा फूल हेर्नेको ठुलो भीडसमेत हुने गर्दछ ।

पाँचौँ दिन : नेपाल फिर्ता
जापान टुरको पाँचौँ दिन होटेलमा ब्रेकफास्ट गरी त्यहाँबाट नारिता विमानस्थल पुगिनेछ । विमानस्थलबाट जहाज चढी नेपाल आइनेछ । यसरी जापान भ्रमणको पाँच दिन समाप्त हुनेछ ।
खर्च
जापान भ्रमणका लागि रुप्से होलिडेजले मात्रै एक लाख ५० हजार रुपैयाँको प्याकेज सार्वजनिक गरेको छ । यो मूल्य भनेको हालको समयमा दुई तर्फी टिकटको मात्रै मूल्य हो । यद्यपि होलिडेजले यही मूल्यमा दुई तर्फी हवाई टिकट, ब्रेकफास्टसहित थ्री स्टार होटेलको बास, एयरपोर्ट ट्रान्सफर, सिटी टुरमा हुने खर्च, कर लगायतका सबै शुल्क समावेश गरेको छ ।

यो मूल्यमा करिब ८ हजार रुपैयाँ लाग्ने भिसा शुल्क भने समावेश गरिएको छैन । यद्यपि भिसाका लागि आवश्यक डकुमेन्टेसनको काम भने रुप्से होलिडेजले नै गरिदिनेछ ।
आवश्यक कागजात
१ लाख ५० हजार रुपैयाँमै जापानको ५ दिने भ्रमण गर्ने हो भने तपाईँसँग कम्तीमा ७ महिनाको भ्यालिडिटी भएको भएको पासपोर्ट चाहिनेछ । कम्तीमा ५ लाख रुपैयाँ क्लोजिङ ब्यालेन्स भएको विगत ६ महिनादेखिको बैंक स्टेटमेन्ट आवश्यक पर्नेछ । यदि परिवारसँग घुम्न जाने हो भने रिलेसनसीप सर्टिफिकेट पनि आवश्यक रहनेछ ।

किस्ताबन्दीमा घुम्नसमेत सकिने
घुम्न मन लागेको तर तत्कालै आफूसँग पूरै रकम नभएको यात्रुका लागि रुप्से होलिडेजले किस्ताबन्दीमा घुम्ने समेत व्यवस्था मिलाएको छ । रुप्सेले विभिन्न बैंकसँगको सहकार्यमा १२ महिना, १८ महिना तथा २४ महिनाको सरल किस्ताबन्दीमा घुम्ने व्यवस्था मिलाएको प्रबन्ध निर्देशक रमेश पराजुलीले बताए । मासिक रूपमा किस्ता तिर्ने गरी घुम्न चाहने यात्रुले सुरुमा १० हजार रुपैयाँ मात्रै तिरेर घुमेर फर्किन सक्ने र पछि नियमित रूपमा किस्ताबन्दीमा तिर्ने सुविधा समेत हुनेछ ।
*infomercial content
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया