जेलेन्स्की तानाशाह भएको ट्रम्पको आरोप 

लोकपथ
2.5k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की तानाशाह भएको आरोप लगाएका छन् । उनले सोसल मिडिया ट्रुथ सोसलमा जेलेन्स्कीलाई चुनावबिनाको तानाशाह भनेर आरोप लगाएका हुन् ।

जेलेन्स्कीले यसअघि रुसले युक्रेनको बारेमा धेरै गलत सूचना फैलाएको आरोप लगाएका थिए। उनले भनेका थिए, ‘म राष्ट्रपति ट्रम्पलाई धेरै सम्मान गर्छु तर उनी गलत सूचनाको दुनियाँमा छन् ।’

जेलेन्सीको राष्ट्रपतिको कार्यकाल सन् २०२४ को मे महिनामा समाप्त हुने थियो । तर सन् २०२२ को फेब्रुअरीदेखि रुससँग युद्ध सुरु भएपछि त्यहाँ चुनाव हुन सकेको छैन ।

ट्रम्पले यसअघि जेलेन्स्कीको लोकप्रियता जम्मा चार प्रतिशत रहेकोसमेत बताएका थिए । तर बीबीसीको फ्याक्टचेकमा अझै पनि ५७ प्रतिशत युक्रेनी जनता जेलेन्स्कीको पक्षमा रहेको पाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?