काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) विधायक रेखा गुप्ताले नयाँ दिल्लीको मुख्यमन्त्रीको रूपमा बिहीबार शपथ लिएकी छन् ।
दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले गुप्तालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीबाहेक भाजपाका नेताहरूको सहभागिता रहेको थियो ।
बुधबार साँझ बसेको दिल्लीको भाजपा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।दिल्लीको सत्तामा भाजपा २७ वर्षपछि पुनरागमन गरेको हो ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुप्ताको तल्लो तहको देखि महत्त्वपूर्ण राजनीतिदेखि मुख्यमन्त्री पदसम्मको यात्राबारे प्रकाश पार्दै उनको नेतृत्वमाथि विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री मोदीले भने, ‘गुप्ताजीलाई दिल्लीको मुख्यमन्त्री को रूपमा शपथ लिएकोमा बधाई । उहाँ क्याम्पसको राजनीति, राज्य संगठन, नगरपालिका प्रशासन र अहिले विधायक र मुख्यमन्त्रीमा सक्रिय हुनुहुन्छ। मलाई विश्वास छ, उहाँले दिल्लीको विकासका लागि पूर्ण उत्साहका साथ काम गर्नुहुनेछ । फलदायी कार्यकालका लागि उहाँलाई मेरो शुभकामना ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया