अवैध लागुऔषध खैरोहिरोइनसहित माछापोखरीबाट २ जना पक्राउ

लोकपथ
4.5k
Shares

काठमाडौं । प्रहरीले काठमाडौंबाट अवैध लागुऔषध खैरो हिरोइन (ब्राउनसुगर) सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्ने ४० वर्षीय दीपक राय र नुवाकोटको म्यागङ गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंमा बस्ने ३३ वर्षीय सुरेन्द्र गुवाजु रहेका छन् ।

काठमाडौं महानगरपालिका–१६, माछापोखरीस्थित एक होटलमा अवैध लागुऔषध खरिद बिक्री भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी वृत्त बालाजुको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट २८.५७ ग्राम खैरो हिरोइन, २० हजार नगद, १ थान डिजिटल तराजु र विभिन्न कम्पनीका तीन थान मोबाइल बरादम गरेको छ ।

पक्राउ परेका दुवैजनामाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी अपिल राज बोहराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?