युक्रेनमा युद्ध अन्त्यका लागि फ्रान्सका राष्ट्रपति र बेलायती प्रधानमन्त्रीले केही नगरेको ट्रम्पको आरोप

लोकपथ
1.2k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों र बेलायती प्रधानमन्त्री कीर स्टार्मरले युक्रेन युद्ध अन्त्यका लागि ‘सिन्को नभाँचेको’ आरोप लगाएका छन् । 

फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि म्योक्रों र स्टार्मरले केही पनि नगरेको आरोप लगाएका हुन् ।

उनले जेलन्स्की बैठकमा हुनुको कुनै महत्त्व नरहेको समेत टिप्पणी गरेका छन् । ट्रम्पका युक्रेनी दूत कीथ केलोंगले बिहीबार बैठकमा जेलेन्स्कीसँग व्यापक एवं सकारात्मक संवाद भएको बताएका छन् । 

ट्रम्पले ‘तानाशाह’भन्नु भन्दा केही दिनअघि मात्रै केलोंगले जेलेन्स्की ‘साहसी’ नेता भन्दै प्रशंसा गरेका थिए । जेलेन्स्कीले हालै विश्वका विभिन्न नेताहरूसँग फोन वार्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?