६०२ प्यालेस्टिनीको लागि हमासले ६ इजरायली बन्दी रिहा गर्दै

लोकपथ
2.8k
Shares
फाइल तस्बिर

गाजा । हमासले शनिबार रिहा गर्न लागेका ६ जनामध्ये पहिलो दुई बन्धकलाई छाडेको छ । यसरी रिहा हुनेमा ताल शोहम र अभेरा मेनगिस्टु रहेका छन् ।

राफाहबाट रिहा गरिएका उनीहरूलाई रेडक्रसले इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । मेनगिस्टु सन् २०१४ देखि हमासको कब्जामा रहेका थिए भने ४० वर्षीय शोहमालाई भने सन् २०२३ को अक्टोबरमा बन्धक बनाइएको थियो ।

बाँकी ४ बन्धकलाई मध्य गाजाको नुसेइरतबाट रिहा गरिने बताइएको छ । यसको बदलामा इजरायलले ६०२ जना प्यालेस्टिनी नागरिकलाई रिहा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?