डीआईजी भट्टराई एआईजी बढुवाका लागि सिफारिस

लोकपथ
868
Shares

काठमाडौं । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर नेतृत्वको बढुवा समितिको आइतबार बसेको बैठकले भट्टराईलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।

भट्टराई हाल कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा कार्यरत रहेका छन् ।

‘नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या १ (एक) मा बढुवा गर्न मिति २०८१।११।११ गते बसेको बढुवा समितिको बैठकको निर्णयानुसार देहायबमोजिमका जनपद प्रहरी समूहतर्फका प्रहरी नायब महानिरीक्षकलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४)अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ,’ बढुवा समितिको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?