१२ वर्षीया बालिकाको पेटमा ३३ हप्ताभन्दा बढीको बच्चा, इन्टरपोल मार्फत अभियुक्तको खोजी

लोकपथ
12.5k
Shares
सांकेतिक तस्बिर

काठमाडौं । भारतमा अछामकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले बालिकाकै आफन्तको खोजी गरिरहेको छ ।

नेपालभन्दा बाहिरको घटना भएको र आरोपित पनि भारतमै भएकाले जिल्ला प्रहरी कार्यालय अछामको प्रहरी टोलीले उनलाई पक्राउ गर्न भारतीय प्रहरीसँग सहकार्य गरिरहेको छ । प्रहरी प्रधान कार्यालयले पनि भारतीय दूतावाससँग समन्वय गरेर इन्टरपोलमार्फत आरोपितलाई पक्राउ गर्ने तयारी थालेको जनाएको छ ।

भारतको गुजरातस्थित सुरतमा रोजगारी गर्न गएका बुवा आमासँगै रहेकी अछामकी १२ वर्षीया ती बालिका सात महिनादेखि आफन्त नाता पर्नेबाटै लगातार बलात्कृत हुँदै आएको र बालिकाको पेटमा ३३ हप्ताभन्दा बढीको बच्चा रहेको अस्पतालले जानकारी दिएको अछाम प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले भने, ‘बुवा आमासहित भारतमा बसोबास गर्दै आएकी अछामकी एक बालिकालाई भारतमै एक नेपाली पुरुषले बलात्कार गरेको उजुरी परेको छ, हामी त्यही अनुसार अनुसन्धान गरिरहेका छौँ । बालिका झन्डै ४५ वर्षीय पुरुषबाट बलात्कृत भएको र बालिका बलात्कार गर्ने पुरुष आफन्त नै रहेको पनि बताइएको छ ।’

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘बालिकामाथि बलात्कार भएको घटना पनि बलात्कार भएको करिब ५र६ महिना पछि मात्रै थाहा भएको पाइएको छ । बालिकाको पेट ठूलो हुँदै गएपछि मात्रै घटनाबारे थाहा भएको रहेछ, बालिकाले पनि आफूमाथि पटक पटक बलात्कार गरिएको बताएकी छन् । बालिकालाई बलात्कार गरेको आरोप लागेका व्यक्ति अहिले सम्पर्कमा छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?