काठमाडौं । केपी ओली कपको तेस्रो संस्करण आजबाट सुरु भएको छ ।
आइतबार दिउँसो ललितपुरको सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलको उद्घाटन गरेका हुन् ।
आजको उद्घाटन खेल उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसीबीच भएको छ । एमाले निकट राष्ट्रिय युवा संघको आयोजनामा भएको केपी ओलीका कप अन्तर्गतका अन्य खेलहरु एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा हुनेछन् ।
प्रधानमन्त्री ओलीले आफ्नो ७४औँ जन्मदिन समेत खेल मैदानमा नै केट काटेर मनाएका छन् । प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा केक काटेपछि खेल सुरु भएको थियो

उक्त प्रतियोगितामा ए डिभिजन क्लब र विदेशी क्लब गरी ९ टोली सहभागि हुनेछन् । ६ वटा ए डिभिजन क्लब, दुई विदेशी तथा एक आयोजक क्लब गरी ९ टिमले प्रतियोगितामा भाग लिएको युवा संघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया