रुसले युक्रेनमा  गर्‍यो ठुलो आक्रमण, २६७ ड्रोन प्रहार

लोकपथ
5.5k
Shares

किभ । रुसले शनिबार राति युक्रेनमा ठुलो ड्रोन आक्रमण गरेको छ। युक्रेनी युद्ध सुरु भएको तीन वर्ष पूरा हुनुभन्दा एक दिनअघि रुसले यो आक्रमण गरेको हो । 

रुसले एउटै हमलामा कीर्तिमानी २६७ वटा ड्रोन हानेको युक्रेनको वायुसेना कमान्डका प्रवक्ता युरी इग्नाटले भनेका छन् । आक्रमणका कारण रातभर धेरै क्षेत्रहरू ध्वस्त भएको र धेरै भवनहरूमा आगो लागेको युक्रेनी आपत्कालीन सेवाहरूले बताएका छन् । 

यस आक्रमणमा कति जनाको मृत्यु भएको छ भन्ने कुरा अझै स्पष्ट भएको छैन । तर आपत्कालीन सेवाहरूको प्रारम्भिक तथ्याङ्कले कम्तीमा तीन जना घाइते भएको देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?