सशस्त्र प्रहरी बल विधेयकमाथि आज संसदमा छलफल हुँदै, सशस्त्रकै अधिकृतहरू विधेयकप्रति असन्तुष्ट

लोकपथ
4.4k
Shares

काठमाडौं । प्रतिनिधि सभामा आज (सोमबार) सशस्त्र प्रहरी बल विधेयकमाथि सैद्धान्तिक छलफल हुने भएको छ ।

आज दिउँसो १ बजे बस्ने बैठकमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअघि सभामा विधेयकको सैद्धान्तिक पक्षमा छलफल हुनेछ ।

गृहमन्त्री रमेश लेखकले यो विधेयक गत माघ २७ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए । तर विधेयकका विषयमा सशस्त्र प्रहरीका जिम्मेवार अधिकृतहरूले नै असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

गृहमन्त्री लेखकको विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएपछि सांसदहरूले संशोधन हाल्न पाउँछन् । संशोधनका लागि सांसदहरूलाई ७२ घण्टाको समय उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?