काठमाडौं । इतिहास रच्ने तयारीका साथ ललितपुरमा हाइअर इस्च्यिूसन एण्ड सेकेन्डरी स्कुल एशोसियशन नेपाल (हिसान) बास्केटबल च्याम्पियनशिप २०२५ सुरु भएको छ ।
आइतबारबाट ललितपुरको प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कुलमा खेलको सुरुवात भएको हो ।
६ दिनसम्म चल्ने प्रतियोगितामा १८ वटा विद्यालयका २४ टिमहरु प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ ।
जहाँ प्लस टूमा अध्ययनरत छात्रछात्रा तथा स्नातकोत्तर तहमा अध्ययनरत छात्रछात्राहरुको सहभागिता रहनेछ ।
प्लस टू छात्र वर्ग अन्तर्गत प्रतिस्पर्धाको पहिलो चरणमा प्रिमियर इन्टरनेशनल आईबी स्कूल, लिटिल एन्जल्स स्कूल, ब्लूबर्डस्कूल र आइडियल मोडेल स्कूल का टिमहरूले प्रभावशाली प्रदर्शन गर्दैपहिलो जित दर्ता गरेका छन् । यी टिमहरूले उत्कृष्ट तालमेल, रणनीतिक योजना र खेल कौशल देखाउँदै प्रतियोगिताको पहिलो संस्करणमा आफ्नो दाबेदारी प्रष्ट पारेको आयोजकले जनाएको छ ।
ंत्यस्तै प्लस टू छात्रा वर्ग अन्तर्गत ब्लूबर्ड स्कूल र लिटिल एन्जल्स स्कूलले पहिलो दिनमै आफ्नो दबदबा जमाउँदै शानदार जित हासिल गरे ।
त्यस्तै ब्याचलर (स्नातक) छात्र वर्ग अन्तर्गत नागर्जुन कलेज र पिनाकल कलेजले रणनीतिक योजना र उत्कृष्ट टिमवर्क प्रस्तुत गर्दै प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरे । उनीहरूको बलियो रक्षात्मक रणनीतिर तालमेलले यो ऐतिहासिक प्रतियोगितामा तिनीहरूलाई शीर्ष दावेदार बनाएको बताइएको छ ।
पहिलो हिसान कप खेलमात्र नभइ, एकता, खेल भावना र समुदायको ऊर्जा मनाउने उत्सव रहेको आयोजनकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया