काठमाडौं । नेपालमा प्रतिबन्ध लगाइएको मनोद्विपक औषधिसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोलसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३३ वर्षीय सुधिर लामिछाने र ३८ वर्षीय साईमन बनवारी रहेका छन् ।
लागुऔषध ब्यूरोले मनोद्विपक पदार्थविरुद्ध चलाएको विशेष अपरेशन अन्तर्गत ५ लाख ६४ हजार १ सय क्याप्सुलसहित उनीहरुलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
पक्राउ परेका लामिछानेको साथबाट ३० हजार क्याप्सुल ट्रामाडोल बरामद गरिएको थियो भने अर्का वनबारीको साथबाट ३ लाख ३४ हजार १ सय क्याप्सुल ट्रामाडोल बरामद गरिएको हो ।
उनीहरु दुवैलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया