दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोगको अन्तिम सुनुवाइ जारी

लोकपथ
315
Shares

सियोल । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति यून सुक योलविरुद्ध महाभियोगको अन्तिम सुनुवाइ जारी छ ।

न्यायाधीशहरूले उनलाई औपचारिक रूपमा पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय लिनका लागि महाभियोगको अन्तिम सुनुवाइ सुरु भएको हो ।

यूनले गरेको ‘नागरिक शासन’को अल्पकालीन निलम्बन (मार्शल ल लगाउने निर्णय)ले दक्षिण कोरियालाई राजनीतिक उथलपुथलमा फसाएको थियो र डिसेम्बरमा संसद्ले उनीविरूद्ध महाभियोग लगाउँदै पदबाट हटाउने निर्णय गरेको थियो ।

विद्रोहको आरोपमा गत महिना पक्राउ परेदेखि नै ६४ वर्षीय निलम्बित राष्ट्रपति यून जेलमा छन् । यसका लागि उनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय समेत हुन सक्छ । उनको मुद्दा गत सातादेखि सुरु भएको थियो ।

सियोलस्थित संवैधानिक अदालतमा महाभियोगको हप्तौँदेखिको सुनुवाइपछि मंगलबारको अदालती सत्र उनको सुनुवाइको अन्तिम सत्र हो, अहिलेसम्मका सुनुवाइको आधारमा आठ जना न्यायाधीशले उनको भाग्यको अन्तिम फैसला गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?